काठमाडौं – कर्णाली प्रदेशमा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ८८ पुगेको छ ।
आज थप भएका २७ जना कोरोना संक्रमितहरु सुर्खेतका चार, डोल्पा १, सल्यान १०, जाजरकोट २, सुर्खेत ७, बाजुरा १ र दैलेखका २ जना रहेका छन् ।
त्यस्तै आज २६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १३ सय ४७ पुगेको छ । भने ६ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।





प्रतिक्रिया