जि न्यूजलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलले पठायो भारतलाई पत्र

जि न्यूजलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलले पठायो भारतलाई पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघले जि न्युजमाथि कारवाही गर्न माग गर्दै भारतीय प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई परराष्ट्र मन्त्रालयमार्फत एक पत्र पठाउँदै जी न्युजमाथि कारवाही अघि बढाउन आग्रह गरेका हुन् ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रमा जी न्युजले पत्रकारिताको न्यूनतम् मूल्य मान्यताको पनि ख्याल नगरी प्रसारण गरेको उक्त सामग्रीले नेपालको सार्वभौमसत्तामै आक्रमण गरेको उल्लेख गरिएको छ ।

‘नेपालका प्रधानमन्त्रीको चरित्रमाथि नै प्रश्‍न उठाउँदै नेपालबारे समेत जथाभावी टिप्पणीसहित प्रसारण गरिएको सामग्रीले नेपालको सार्वभौमसत्तामाथि पनि आक्रमण गरेको छ’, पत्रमा भनिएको छ, ‘त्यस सामग्रीले नेपालका प्रधानमन्त्रीको खिल्ली मात्रै नउडाइ यसले स्वतन्त्र राष्ट्रमाथि नै प्रहार गरेको छ ।’

प्रेस काउन्सिलले चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर चारित्रिक प्रश्‍न उठाउँदै बनाइएको सामाग्री कुनै पनि हिसाबमा समाचारको मूल्य मान्यता भित्र नपर्ने ठहर गरेको छ । काउन्सिलले नेपालबिरुद्ध जथाभावी बनाइएका सामग्रीकै कारण भारतीय समाचार टेलिभिजनमाथि प्रतिबन्ध लगाइएको पनि स्मरण गराएको छ ।