११८ जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ८ हजार नाघ्यो

११८ जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ८ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३ जना संक्रमित रहेको जानकारी दिए ।

त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ हजार ९ सय १० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय २० जना र आज सम्म ८ हजार ११ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

विगत २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पिसिआर परीक्षण भएको छ ।