साइबर ब्युरोले भन्योः ‘लाइभ स्ट्रिम’ गरी आत्महत्या गरे तत्काल खबर गर्नू

साइबर ब्युरोले भन्योः ‘लाइभ स्ट्रिम’ गरी आत्महत्या गरे तत्काल खबर गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साइबर ब्युरोले फेसबुकमा ‘लाइभ स्ट्रिम’ गरी आत्महत्या गरेको थाहा पाएमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।

साइबर ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्ता घटना हुन लागेमा तत्काल प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको हो।

त्यस्ता घटना घट्न लागेको थाहा पाएमा तुरून्तै प्रहरीको आकस्मिक कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी कार्यालय, ब्युरोको टेलिफोन नम्बर ०१(४२१९०४४, मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

‘आत्महत्या गर्न लागेको वा गर्दै गरेको घटनाहरूको बारेमा कुनै जानकारी वा सूचना भएमा तत्काल प्रहरी कन्ट्रोलमा खबर गरी उक्त व्यक्तिको उद्धार तथा जीवनरक्षा गर्ने कार्यमा सहयोग गर्नुहुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, आत्महत्या गरेको संवेदनशील भिडिओ सामाजिक सञ्जालमा अपलोड गर्ने, शेयर गर्ने वा प्रतिक्रिया जनाउने लगायतका कार्यहरू नगर्न समेत अनुरोध गरेको छ ।

त्यसरी शेयर गरेमा मानसिक पीडामा रहेका व्यक्तिहरूलाई आत्महत्या गर्न दुरूत्साहन समेत पुर्‍याउने ब्युरोले बताएको छ ।

त्यस्तो कार्य गरेमा नेपालको कानूनबमोजिम दण्डनीय भएकोले नगर्नरनगराउन अनुरोध गरेको छ । गत बिहीबार र शनिबार दाङ र चिवनकी युवतीले फेसबुकमा लाइभ देखाएरु आत्महत्या गरेका थिए ।