काठमाडौं – काठमाडौं उपत्यकमा आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रर्दशन गरिएको छ । ठूलो संख्यामा सडकमा निस्किएका युवाहरुले झरीको परवाह नगरी प्रर्दशन गरेका हुन् ।
उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका हुन् । त्यस्तै उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार’, ‘जनताको चाहना सरकार परिवर्तन गर्न पाइँदैन’, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो’ र ‘ओली सरकारका पक्षमा ऐक्यबद्धता जनाऔँ’ जस्ता नारा लेखिएका व्यानर र प्ले कार्डसमेत बोकेका थिए ।
नेकपाका स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि अोलीले युवाहरुलाई बालुवाटारमा बोलाएर प्रर्दशनमा उत्रिन निर्देशन दिएका हुन् । यसलाई स्वंय नेकपाका नेताहरुले नै असन्तुष्टी जनाएका छन् ।
कोरोना महामारीको बेला सामािजक दूरी कायम नगरी ठूलो भिडसहित सडकमा जम्मा भएपछि विज्ञहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।




प्रतिक्रिया