नेकपा स्थायी कमिटी बैठक स्थगितः बाढी पहिरो बहाना मात्रै, भित्री कुरा यस्तो

नेकपा स्थायी कमिटी बैठक स्थगितः बाढी पहिरो बहाना मात्रै, भित्री कुरा यस्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २० गतेबाट पकटपटक स्थगित हुँदै आइरहेको छ । अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा बैठक स्थगित गरिएको नेताहरुले बताउँदै आएका छन् ।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक पुनः सारेर अर्को शुक्रबार बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले एक व्यक्ति एक पद कार्यान्वयन गर्नुपर्ने बताएका छन् । यता अ‍ोली भने आफूले अर्को चुनवा र महाधिवेशन अगाडि दुवै पद नछोड्ने अडान  कसिरहेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर भइरहेको प्राकृतिक विपत्तिमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिए । उनकाअनुसार बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण स्थायी कमिटी बैठक स्थगित भएको हो ।

उनको यो भनाई तथ्यपूर्ण भने छैन् । बैठक स्थगित हुनुमा नेकपा अध्यक्षद्वयबीच सहमति नहुनु नै हो । आजको बैठक स्थगित भएपछि दुई अध्यक्षबीचको भेटवार्ता पनि अनिश्चित भएको छ ।

‘प्राकृति विपत्तिलाई देखाएर बैठक फेरि ७ दिन पर धकेलियो । यो नेतृत्वको बहाना मात्र हो । प्राकृतिक विपत्तिले बैठकलाई असर पार्दैपर्दैन नि !,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको विवाद अन्त्य नगरी कार्यकर्ताहरुलाई निराश बनाउने काम हुँदैछ । यसले पार्टी एकतामा गम्भीर असर पार्ने देखिन्छ ।’

बहमुत स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेकाले लगातार बैठक स्थगित गरेको नेकपाका एक नेताले बताए । उनले प्रधानमन्त्री अ‍ोली समस्यासँग भाग्ने काम गरेकाले समस्या थप जटिल बन्ने बताए ।

दुवै अध्यक्षले आ–आफ्नो अडान नछोड्दा पार्टीभित्रको विवादले थप उग्र रुप लिएको स्वयं नेकपाका नेता स्वीकार गर्छन् । उनीहरु नेतृत्वमा पदमोह बढ्दै गएकाले पार्टी एकता नै संकटमा पर्ने चिन्ता व्यक्त गर्छन् ।

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्र हित र स्वाधीनताका लागि सक्षम पार्टी बनाउन आवश्यक रहेको बताए । उनले पार्टीभित्रको समस्या वार्ता र संवादको माध्यमबाट हल गर्नुपर्नेमा गालीगलौज गर्दा थप समस्या निम्तिने बताए ।

‘देशको शक्ति देशभक्ति, एकता र जनहितमा समर्पित सक्षम सरकारमा भएझैं राष्ट्र हित, गरिमा र स्वाधीनताका लागि सक्षम पार्टी बनाउन विधि, पद्धति, सामुहिक निर्णय, विवेक र शक्ति आवश्यक हुन्छ’, उनले भने, ‘देश र पार्टीभन्दा व्यक्ति र पद ठूलो ठान्ने, स्वेच्छाचारी,तथ्य र तर्क नदिई गालिगलौज गर्ने समस्याका जड हुन् ।’

त्यस्तै नेकपा प्रवक्ता श्रेष्ठले पनि पार्टीको विवाद समाधानक लागि सामूहिका निर्णय लिन अध्यक्षलाई सुझाव दिएका छन् । उनले छलछाम नगरी आफ्नै विवेक प्रयोग गरेर समस्याको हल गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

‘कम्युनिष्ट हुनःआलोचनात्मक र क्रान्तिकारी होउ । तथ्यबाट सत्य पत्ता लगाउ । सत्य,न्याय , देश,श्रमजीवी बर्ग र जनताको पक्षमा उभिउ’, उनले भने, ‘ब्यक्तिवाद होइन,पद्दति र सामूहिकताको पक्ष लिउ । स्पष्ट र खुला होउ,छलछाम होइन ।आफ्नै टाउको हल्लाउ र विवेक प्रयोग गर । अन्धता र स्वार्थ केन्दृत दासत्व घातक बिष हो ।’

त्यस्तै अर्का स्थायी समिति सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्रीको राजीनामा माग्ने चरणमा नेताहरु रहेको बताएका छन् ।

‘उहाँको राजीनामा माग्ने नेताले पनि रिभ्यू गरिरहनुभएको छ कि भन्ने मैले ठानेको छु’, उनले भनेका छन् ।

त्यस्तै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीले दुबैमध्ये एक पद पनि छोड्न सम्भव नरहेको बताएका छन् । उनी अहिलेको अवस्थामा प्रधानमन्त्रीको विकल्पमा लाग्नु ठूलो भूल हुने चेतावनी दिन्छन् ।