काठमाडौं – सरकारले पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।
निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया