सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएकाे छ । यसैगरी महाशाखाले शनिबार देशभर सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा अहिले वर्षा भईरहेको जनाएको छ ।

महाशाखाले दिउँसोको मौसम पूर्वानुमान गर्दै देशभर सामान्यदेखि पूर्ण बदली हुने र सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

यस्तै, महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

रातिको मौसम पूर्वानुमानमा देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।