काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक राखेका छन् ।
शनिबार १० देखि बालुवाटारमा सुरु भएको विपद् व्यवस्थापन परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी छन् ।
शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले सिन्धुपाल्चोक, म्याग्दी, लमजुङ, कास्की, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम र कालीकोट ठूलो जनधनको क्षति पु¥याएपछि प्रधानमन्त्री ओेली विपद् व्यवस्थापनका लागि छलफलमा जुटेका हुन् ।




प्रतिक्रिया