सरकारले ८ जिल्लाका बाढी पहिरोपीडितलाई उद्धार गरि पुर्नस्थापनाको व्यवस्था मिलाउने

सरकारले ८ जिल्लाका बाढी पहिरोपीडितलाई उद्धार गरि पुर्नस्थापनाको व्यवस्था मिलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्लामा अहिले बाढीपहिरोबाट प्रभावित भएकाहरुको उद्धारदेखि पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो ।

बाढीपहिरोपीडितलाई तत्काल उद्धार गरी सार्वजनिक भवन, विद्यालयहरूमा राख्न सकिनेबारे छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायका पदाधिकारी उपस्थित थिए ।