म्याग्दी पहिरोः बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ जनाको खोजी जारी

म्याग्दी पहिरोः बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ जनाको खोजी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिहिबार राति म्याग्दीको पहिरोमा परि बेपत्ता हुनेहरुमध्ये २० जनाको शव भेटिएको छ । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो ।

नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने शुक्रबार साँझसम्म ३ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

धवलागिरि–६ मराङका ११ जना, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको छ भने अझै १३ जना बेपत्ता रहेका म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिए ।