यातायात संञ्चालन गर्ने सरकारको एकलौटी निर्णयले परिस्थिति जटिल बन्योः डिला संग्रौला

यातायात संञ्चालन गर्ने सरकारको एकलौटी निर्णयले परिस्थिति जटिल बन्योः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले यातायात व्यावसायी संघसँग छलफल नै नगरी यातायात खुलाउने निर्णय गरेपछि परिस्थिति झन् जटिल बनेको बताएकी छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनले यातायात व्यावसायीहरसँग छलफल गरेर परिस्थितिलाई थप सहज बनाउन सरकारलाई आग्रह गरेकी छन् ।

‘बैंक किस्ता स्थगन,ब्याज मिनाहा ,पुनर्कर्जाको ब्यबस्था ,कोरोना बिमा,स्वस्थ्य सामाग्रीको ब्यबस्था जस्ता मागहरू सम्बोधन नभएसम्म सरोकारवालाले यातायात संचालन नगर्ने जानकारी गराइसकेका छन्’, उनले भनिन् ।

सांसद संग्रौलाले सरोकारवालासंगछलफल गर्न किन उचित नठानेको ? भन्दै प्रशन गरेकी छन् । ‘छलफल गर्दा के बिग्रन्थ्यो ? जानीजानी परिस्थितिलाई जटिलतातर्फ नधकेल सरकार ! समस्या सामधानको लागि अबिलम्ब सम्बन्धि निकायसंग छलफल गरि मागहरुको सम्बोधन गरियोस्’, उनले भनिन् ।