काठमाडौं – आइतबार नव गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच हालै भएको एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीलाई आइतबार दल दर्ता प्रमाणपत्र उपलब्ध गराएको हो ।
नव गठित जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । दुई महिनाअघि बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी र राजपाबीच एकीकरण भएर नयाँ पार्टी जन्मिएको थियो । हाल जनता समाजवादीमा पार्टी ३४ जना सांसद रहेका छन् ।




प्रतिक्रिया