धुम्बाराहीमा जुवातासको खालबाट ५० हजार नगदसहित ५ जना पक्राउ

धुम्बाराहीमा जुवातासको खालबाट ५० हजार नगदसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत्त महाराजगंजले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयां र ३ बुक तास सहित आइतबार दिउंसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित पक्राउ गरेको डिएसपी रोशन खड्काले जानकारी दिएको छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।