यू–१९ एसिया कपमा यूएईसँग नेपाल ७ विकेटले पराजित

यू–१९ एसिया कपमा यूएईसँग नेपाल ७ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको छ ।

प्रतियोगितामा नेपालको लगातार यो दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो ।

यूएईले भने प्रतियोगितामा जीतको खाता खोलेको छ । आईतबार नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

यूएईका लागि अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान १–१ विकेट लिए ।

त्यसअघि ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । नेपालका लागि सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६–१६ रन जोडे ।

बलिङतर्फ युएईका लागि नसीम खानले ८ ओभरमा १ मेडनसहित ४३ रन दिएर सर्वाधिक ५ विकेट लिए । नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।