भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुबानमा : गृहमन्त्री थापा

भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुबानमा : गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्राकृतिक प्रकोपका घटना रोक्नका लागि सरकारले उपयुक्त नीति तथा योजना बनाउन आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतीय हस्तक्षेपका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउँदै उपयुक्त योजना बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भारतले बाँध बनाएर त्यसको निकास दिनुपर्नेमा एकतर्फी रुपमा बाँध बनाएर आफ्नो हितमा प्रयोग गरेको बताए ।
सो समस्या समाधान गर्न नेपाल सरकार निरन्तर लागिपरेपनि उपलब्धी केही नभएको मन्त्री थापाले बताए ।

उनले प्रकोपपछिको राहत र उद्धारका लागि कानून, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइदै लगिएको पनि बताए ।

‘विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, मानिसले सिर्जना गरेको हो, अज्ञानता र कमजोरीका कारण धनजनको क्षति हुँदै आएको छ । जनधनको रक्षाका लागि सरकारले प्रभावकारी कदम चालिरहेको छ,’ उनले भने ।