काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली हो भन्दै दिएको अभिव्क्तिप्रति भारतीय जनता पार्टी (भाजपा)ले असन्तुष्टी जनाएको छ ।
भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै असन्तुष्टी व्यक्त गरेको हो । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीको आलोचना गर्दै रामप्रतिको आस्थामा कसैले पनि खेलवाड गर्न नहुने बताए ।
शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि रामप्रतिको आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’
सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको बताएका थिए ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् ।




प्रतिक्रिया