पुरुष झन् बढी पीडित छन्ः गंगा चौधरी

पुरुष झन् बढी पीडित छन्ः गंगा चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले महिलाभन्दा पुरुषहरु धेरै पीडित भएको बताएकी छन् ।

‘महिला मात्र होइन पुरुष झन् बढी पीडित छन् । उनीहरूले भन्‍न नसकेको मात्र हो । महिला अधिकारको दुरुपयोग पनि भएको छ,’ सांसद चौधरीले भनिन् ।

महिला तथा बालबालिका समितिमा राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा उनले श्रीमान् विदेशमा गएका बेला अर्कै पुरुषसँग हिँड्ने महिला पनि हाम्रै समाजमा रहेको भन्दै महिलाबाट पनि पुरुष पीडित भइरहेको बताइन् ।

‘ पुरुषहरु कहाँ जाने न्याय खोज्न ? श्रीमान विदेशमा काम गर्ने यहाँ श्रीमति अर्कैसँग घुम्ने, भए भरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमति,’उनले भनिन् ।