नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

बैठक दिउँसो ३ः१० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जना सदस्य सहभागी छन् । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीति विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।

नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ ।