नेपालबारे राहुल गान्धी र भारतिय विदेशमन्त्रीबीच भनाभन

नेपालबारे राहुल गान्धी र भारतिय विदेशमन्त्रीबीच भनाभन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– कांग्रेस नेता राहुल गान्धीले नेपालसहित छिमेकि मुलुकसंग भारतले सम्बन्ध विगारेको आरोप लगाएका छन् । भारतको विपक्षी दल कांग्रेसका पुर्व अध्यक्ष समेत रहेका नेता गान्धीले ट्विटरमार्फत सार्वजनिक गरेको भिडियोमा भारतको पहिला पाकिस्तान बाहेक अन्य छिमेकी मुलुसंग राम्रो सम्बन्ध रहेकोमा अहिले बिग्रिएको बताएका छन् ।

उनले नेपालको प्रसङ्ग उठाउंदै भनेका छन्, ‘अहिले नेपाल हामीसंग रिसाएको छ। तपाई नेपाल जानुहोस्, नेपालीसंग कुरा गर्नुहोस्, जे भएको छ त्यसलाई लिएर उनीहरू क्रुद्ध छन्।’

गान्धीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश निती असफल भएको भन्दै आलोचना गरेपछि मोदी सरकारमा विदेशमन्त्री रहेका एस जयशङ्करले त्यसको खण्डन गरेका छन् । उनले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि १७ वर्षपछि भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको र नेपालसंग विकासका विभिन्न क्षेत्रमा साझेदारी जारी रहेको दावी गरेका छन् ।

उनले भनेका छन्, ‘मोदी प्रधानमन्त्री भएसंगै नेपालले बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना प्राप्त गरेको छ, त्यहांका नागरिकलाई सोध्नुहोस्। ’

कांग्रेस नेता गान्धीले मोदी सरकारमा आएसंगै छिमेकी र विदेशी साझेदारसंग भारतको सम्बन्ध खराव बनेको आरोप लगाएका छन् । जयशंकरले त्यसको समेत जवाफ दिएका छन् । उनले भारतको प्रमुख देशहरुसंग सम्बन्ध निकै सुधार भएको दावी गर्दै अन्तर्राष्ट्रिय स्तरमा भारतको कद बढनुका साथै अमेरिका, रुस, युरोप र जापानसंग विभिन्न चरणमा बैठकहरु भएको र चीनसंग राजनीतिक स्तरमा बराबरीको हैसियतमा रहेको बताएका छन् ।

त्यसैगरी विदेशमन्त्री जयशंकरले भारतले निकै बलियो रुपमा सीपीईसी, बीआरआई, साउथ चाइना सी तथा चरमपन्थमा अमेरिकाको कदमका विषयमा आफ्नो धारणा राखेको स्पष्ट पारेका छन् ।

विदेशमन्त्री जयशङ्कर नेपालले संविधान जारी गर्ने बेला विदेशसचिव थिए। उनी भारतिय प्रधानमन्त्रीको विशेषदूत भएर कामाण्डू आएको बेला
असन्तुष्ट पक्षका माग नसमेटिएको भन्दै संविधान जारी गर्ने तालिका पछि सार्न उनले आग्रह गरेका थिए ।

जयशंकरको मागलाई नेताहरुले अस्विकार गरेर संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको थियो । अहिले मोदीकै पालामा नेपालसंग फेरी सीमा विवाद बढेको छ ।

भारतले नेपाली भुमि हुंदै सड्क बनाएपछि नेपालले त्यसको विरोध गर्दै नयां नक्सा जारी गरेको छ । नेपालले नयां नक्सा जारी गरेसंगै दुवै मुलुकको सम्बन्धमा दरार बढेको छ । भारतमै मोदीको उक्त छिमेक नीतिको चर्को विरोध भइरहेको छ ।