मौद्रिक नीतिलाई स्वागत गर्छौं, तुरुन्तै निर्देशिका आउनुपर्छ : पवन गोल्यान

मौद्रिक नीतिलाई स्वागत गर्छौं, तुरुन्तै निर्देशिका आउनुपर्छ : पवन गोल्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्गोल्यानले सहुलियतपूर्ण कर्जा मागको विषयमा मौद्रिक नीतिमार्फत सम्बोधन भएको भन्दै यसको स्वागत गरे ।

उनले भने, ‘मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ । अब कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्छ । यसको लागि तुरुन्तै निर्देशिका आउनुपर्छ ।’ उनले साना तथा मझौला उद्यमी (एसएमई) को माग पनि सम्बोधन भएको प्रतिक्रिया दिए ।

उनले बैंक नबाँचे व्यवसाय पनि नबाँच्ने बताए । उनले भने, ‘लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या छ । ब्याज सिंगल डिजिटमा ल्याउनुपर्छ भनेर हामीले पनि भनेका छौं । तर, म उद्योग वाणिज्य महासंघ र चेम्बरका साथीहरुलाई स्प्रेडदर घटाईदिनुहोस भनेर बोलेको कुरा अलिकति नमिल्दोजस्तो आभाष भएको छ । किनभने बैंक बाँचेन भने व्यवसायपनि बाँच्दैन् । र, व्यवसाय बाँचेन भने बैंकपनि बाँच्दैन् ।’