आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मेलम्ची नगरपालिका-१३ छापभन्ज्याङ बस्ने ७७ वर्षीय भैरव तामाङलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ८० वर्षीया बुद्धीमाया तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलाम्ची र प्रहरी चौकी बाहुनेपाटीबाट खटिएको प्रहरीले भैरवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।