नेकपाको सचिवालय वैठकमा सहमति भएन,प्रधानमन्त्री ओली र प्रचण्ड शितलनिवास पुगे

नेकपाको सचिवालय वैठकमा सहमति भएन,प्रधानमन्त्री ओली र प्रचण्ड शितलनिवास पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक सम्पन भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागी चार घण्टा लामो बसेको सचिवालयको वैठकमा कुनै ठोस सहमती भने हुन् सकेन् । सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीहरुग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको तर ठोस सहमति भने नभएको उनले बताए ।  उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए।

प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताए। श्रेष्ठले बैठकमा दुवै अध्यक्षले अहिलेको संकटको सहमतिका आधारमा निकास दिने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताएको उनले जानकारी दिए ।

पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र आजको नेपाली समाजको आवश्यकतालाई जनताको जनादेशअनुसार काम गर्ने गरी थप छलफल गर्ने सहमति बनेको श्रेष्ठको भनाई थियो । बैठकमा भोली स्थायी समितिको वैठकलाई जारी राख्ने सहमति समेत भएको छ ।

सचिवालय वैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शितलनिवास पुगेका छन् ।