काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरको बैठक खुमलटारमा जारी छ ।
आइतबार बिहान ९ बजे प्रचण्ड निवास खुमालटारमा जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
त्यस्तै भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् । बैठकमा गृहमन्त्री रामबहादुर बादल अनुपस्थित रहेका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।




प्रतिक्रिया