काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभानुपातिकतर्फ गुल्मीकी सुवर्ण ज्वारचनलाई सांसद बनाएको छ ।
प्रतिनिनिधसभा सभानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेसले रिक्त स्थानमा ज्वारचनलाई सांसद बनाएको हो ।
कांग्रेसले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउँदा छन्त्यालपछि ज्वारचनको नाम राखेको थियो ।
आइतबार दिउँसो सिंहदरबारस्थित संसद सचिवालय कृषि समितिको सभाहलमा ज्वारचनलाई सांसदको सपथ खुवाउने कार्यक्रम छ ।
सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराउने संघीय संसद सचिवालयले जनाएको छ ।




प्रतिक्रिया