काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोली ल्याएको महाधिवेशनको प्रस्तावमा सहमत नभएको ब्रिफिङ गरेका छन् ।
आइतबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुसँगको बैठकमा उनले महाधिवेशनको प्रस्ताव प्रधानमन्त्री एक्लैले ल्याएको बताए ।
अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा महाधिवेशन सम्भव नरहेको भन्दै प्रधानमन्त्रीले अल्मल्याउने प्रस्ताव ल्याएको बताएका थिए ।
‘सदस्यता टुंगो नलागेको अवस्थामा तत्काल महाधिवेशन सम्भव छैन् भन्ने कुरामा म ढुक्क छु । प्रधानमन्त्रीले यो अल्मल्याउने प्रस्ताव ल्याउनुभएको हो’, स्रोतले भन्यो ।
आजको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरूको उपस्थिति थियो ।




प्रतिक्रिया