ओली र प्रचण्ड मिल्दा माधव नेपाल पक्ष असन्तुष्ट

ओली र प्रचण्ड मिल्दा माधव नेपाल पक्ष असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मिल्दा माधव नेपाल पक्षले असन्तुष्टी जनाएको छ । शनिबार बसेको सचिवालय बैठकमा दुवै अध्यक्षले मिलेर जाने सन्देश दिएसँगै नेता नेपाल पक्षले असन्तुष्टी जनाएको हो ।

नेकपाभित्रको विवाद समाधानका लागि निरन्तरको छलफलबाट अध्यक्षद्वय ओली र प्रचण्ड पार्टीलाई एक ढिक्का बनाउने सहमतिमा पुगेसँगै नेपाल पक्षको असन्तुष्टी बाहिरिएको हो ।

प्रधानमन्त्रीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेसँगै नेपाल पक्षले अध्यक्ष प्रचण्डले पनि सहमति जनाएको आशंका गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले धोका दिएको सुईंको पाएका नेता नेपाल आज बिहान खुमलटार पुगेका थिए । उनले महाधिवेशनबारे अध्यक्ष प्रचण्डको धारणा मागेको स्रोतले जानकारी दियो ।

नेता नेपाल समूहका केन्द्रिय सदस्य विष्णु रिजालले अध्यक्षद्वबीच भएको सहमतिबारे असन्तुष्टी पोखेका छन् । माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारसमेत रहेका रिजालले सामाजिक सञ्जाल ट्वीटरमा सांकेतिक विरोध जनाएका छन् ।

‘कुनै–कुनै परीक्षणको नतिजा नकारात्मक आउँदा खुसी मान्नुपर्छ । उदाहरणका लागि– कोरोनाको अर्थात पिसिआर परीक्षणको नतिजा’, उनले ओली र प्रचण्ड मिलेको विषयलाई सांकेतिक रुपमा विरोध गर्दै लेखेका छन् ।

प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले राखेको मंसिरको महाधिवेशनको एजेण्डामा सहमत भएको भन्दै नेपाल समूहले दुई अध्यक्षको चोचोमोचो मान्य नुहुने बताएको थियो । शनिवारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीको राजीनामा विषय नठेपछि नेता नेपाल शसंकित बनेका छन् ।