सुवर्ण ज्वारचनद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

सुवर्ण ज्वारचनद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुवर्ण ज्वारचनले प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेकी छन् ।

आइतबार दिउँसो सिंहदरबारस्थित संसद सचिवालय कृषि समितिको सभाहलमा ज्वारचनलाई सांसदको सपथ गराइएको हो । सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रतिनिनिधसभा सभानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि कांग्रेसले रिक्त स्थानमा ज्वारचनलाई सांसद बनाएको हो ।

कांग्रेसले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउँदा छन्त्यालपछि ज्वारचनको नाम राखेको थियो ।