आइतबार थप १५६ जनामा कोरोना संक्रमण

आइतबार थप १५६ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। याेसंगै देशभर हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। याेसंगै हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्