बालुवाटारमा ओली र प्रचण्डबीचको वार्ता निष्कर्ष विहीन

बालुवाटारमा ओली र प्रचण्डबीचको वार्ता निष्कर्ष विहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्व केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

आइतबार साँझा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टीको विवाद समाधान र प्रधानमन्त्रीले ल्याएको महाधिवेशनको प्रस्तावबारे छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

आइतबार बिहान वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावललगयातका नेताहरुसँगको ब्रिफिङपछि अध्यक्ष प्रचण्ड बलाुवाटार पुगेका हुन् । उनले बिहानको बैठकमा ‘अ‍ोलीले परिबन्धमाा पारेर’ आफूलाई शीतल निवास लगेको बताएका थिए ।

शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजीनामा नमागेपछि वरिष्ठ नेता नेपाल समूहले केही सहमति भएको हुनसक्ने आशंका गरेको थियो ।