गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशमा थप १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३१७ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका ८ जना, तनहुँका दुई जना, स्याङ्जा र लमजुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए ।