बिपी दूरदर्शी राजनेता होः सभापति देउवा

बिपी दूरदर्शी राजनेता होः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दूरदर्शी राजनेता भएको बताएका छन्।

जननेता बिपीको ३८औँ पुण्यतिथिका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा उनले बिपीको प्रजातान्त्रिक समाजवाद विचार आज झनै सान्दर्भिक भएको बताए ।

‘नेपालले आज हिंँड्ने मूल बाटो बिपीकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो इमान्दार ढङ्गले पछ्याएर मात्रै हामी सबैले समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ’, उनले भने ।

आज राष्ट्रियताका विषयमा मुलुकमा विशेष छलफल भइरहेका बेला बिपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्ने सभापति देउवाको भनाइ थियो ।

कार्यक्रममा समाजवादी चिन्तक तथा पार्टी केन्द्रीय सदस्य प्रदीप गिरीले कार्यक्रमका प्रस्तोता डा सुरेश आचार्य एवं स्वदेश र विदेशबाट जोडिएका सहभागीका बिपी विचार केन्द्रित विभिन्न जिज्ञासाको उत्तर दिएका थिए । बिपी मनोवैज्ञानिक कथा र उपन्यास लेखनमा बेजोड थिए ।