देशभरका ३८ ठाउँको अवरोध हटाइयो

देशभरका ३८ ठाउँको अवरोध हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पु¥याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।

खोलामा थुुप्रिएको माटो ढुुङ्गा सफा गरी बुुधबार बेलुुकासम्म सडक खुुल्न सक्नेछ । “सो ठाउँमा सफा गरी पानी डाइभर्ट गरी तार जाली राख्न काम सुुरु भइसकेको छ । बुुधबार बेलुुकासम्म राजमार्ग सञ्चालनमा आउन सक्छ”, सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोलामा लोडर र एक्साभेटर झरिसकेको छ, तारजालीमा ढुङ्गा राख्न सुरु भइसकेको छ ।” पुलमा क्षति मात्र पु¥याएको हुनाले सो ठाउँमा बेलिब्रिज राख्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।

सो राजमार्गको चितवन–धादिङ खण्डमा पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयोे । पृथ्वी राजमार्गमा करिब दुई सय ठाउँमा पहिरो गएका छन् । यो राजमार्ग खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह लगायतसँग छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।

लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । तिनलाई खुलाउन प्रयास अगाडि बढेको जनाइएको छ । पूर्ण सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिसकिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।