एपमा न्यूज फिड राखेवापत हामीले पैसा लिने गरेको छैन : हाम्रो पात्रो

एपमा न्यूज फिड राखेवापत हामीले पैसा लिने गरेको छैन : हाम्रो पात्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले ‘हाम्रो पात्रो’मा समाचार राखिदिन्छु भन्दै पैसा उठाइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘हाम्रो पात्रो’ एपमा समाचार राखेबापत कसैसँग पैसा लिने नगरिएको भन्दै हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेतीले एक विज्ञप्ति जारी गर्दै यसका नाममा कसैले बार्गेनिङ गरे प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन् ।

‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचीकृत गरिदिन्छु भनी सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन । शुल्कसहितको मिडिया सूचीकरणको अभ्यास हामीले गर्ने गरेका छैनौं,’ अध्यक्ष उप्रेतिले भनेका छन् ।

हाम्रो पात्रोले लोकप्रिय अनलाइन न्यूज पोर्टलहरूको न्यूज फीड एपमार्फत उपलब्ध गराउँदै आयरहेको छ ।