काठमाण्डु – सरकारले आजबाट लकडाउन खुलेको घोषणा गरेपनि एक जिल्लाबाट अर्को जिल्लामा जान पास चाहिने व्यवस्था यथावत राखेको छ ।
लकडाउन खुकुलो भएपछि सार्वजनिक तथा निजी सवारी साधनलाई लागू गरिएको जोर विजोर प्रणली फूकुवा भएपनि एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाउने छैनन् ।
काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित निकायबाट जारी भएका पास लिएरमात्र आउजाउ गर्न पाइने महानगरिय ट्राफिक महाशाखाका एसपी वासुदेव गौतमले जानकारी दिए । सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठले मंगलबार रातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।
उपत्यकाभित्र मात्र १० लाख सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । सरकारले सार्वजनिक सवारी ५० प्रतिशतमात्र यात्रु राख्न पाउने छन् । भिडभाड गरेर यात्रु राखेर सार्वजनिक सवारी चलाउन पाइने छैन । गाडीमा कोरोना संक्रमणबाट जोगिनको लागि मास्क, स्यानीटाइजर लगायत सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ ।




प्रतिक्रिया