काठमाण्डु – सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या आरोपमा पक्राउ परेका कोइराला डिल्लीबजार कारागारबाट ८ वर्ष ६ महिनापछि थुनामुक्त भएका हुन् ।
कोइरालालाई लिन प्रमिका तारा रेग्मी गाडी लिएर पुगेकी थिइन् । कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकोमा सर्वाेच्चले कैद घटाइदिएपछि उनी जेलबाट छुटेका हुन् ।
उनलाई लिन प्रमिका बा १८ च ५४१७ नम्बरको कार लिएर पुगेकी थिइन् । जेलबाट मुक्त भएपछि कोइराला प्रेमिकाको कार चढेर बाहिरिएका थिए । ताराले जेलमा सञ्चारकर्मीहरुलाई आफ्नो कोइरालासँग विवाह सम्पन्न भइसकेको बताएकी थिइन् ।
गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।
श्रीमती हत्या अभियोगमा रन्जन ०६८ माघ ८ गते पक्राउ परेका कोइरालालाई जिल्ला र तत्कालीन पुनरावेदन सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ । मृतक गीता ढकालका दुई छोराहरु छन् ।




प्रतिक्रिया