कसैले पनि प्रधानमन्त्रीको राजीनामा मागेको छैन्, म केपीको गुटमा छैन्ः वामदेव गौतम

कसैले पनि प्रधानमन्त्रीको राजीनामा मागेको छैन्, म केपीको गुटमा छैन्ः वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको राजीनामा नमागेको दाबी गरेका छन् । बुधबार एक टेलिभिजनसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले नेकपाभित्र कसैले पनि प्रधानमन्त्रीको राजीनामा नमागेको बताएका हुन् ।

‘मैले प्रधानमन्त्रीको राजीनामा मागेको छैन् । र पार्टीबाट कसैले पनि मागेको छैन् । मेरो विषय राजीनामाको होइन’, उनले भने ।

पछिल्लो समय नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावललगायतका अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । तर, उपाध्यक्ष गौतमले कसैले पनि प्रधानमन्त्रीको राजीनामा माग नगरेको दाबी गरेका छन् ।

त्यस्तै उपाध्यक्ष गौतमले आफू केपी ओलीको गुटमा नरहेको दाबी गरेका छन् । तत्कालिन एमालेमा उपाध्यक्ष निर्वाचित भएदेखि नै गुटबाट बाहिरिएको बताएका छन् ।

‘म केपीकै गुटबाट नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएर आएको । निर्वाचित भएर आएपछि स्थायी कमिटीको पहिलो बैठकपछि मैले केपीलाई गएर भने– अब म गुटमा छैन् । निर्वाचित हुँदासम्म हामी अलगअलग ठाउँबाट आएका हौं । अब कसैले गुट चलाउनु हुँदैन म कसैको पनि गुटमा छैन् । त्यसबेला देखि आजसम्म म कसैको गुटमा छैन्’, उनले भने ।

त्यस्तै उनले चैतमा नेकपाको महाधिवेशन हुने ठोकुवा गरेका छन् । प्रधानमन्त्री अ‍ोलीले मंसिरमा महाधिवेशनको प्रस्ताव ल्याए पनि चैतमा महाधिवेशन हुने उपाध्यक्ष गौतमले दाबी गरेका छन् ।