काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाण्डुका २ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पाटन अस्पतालमा काठमाण्डुका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको हो । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा १४७ जनामा कोरोना पुष्टि भएको छ ।




प्रतिक्रिया