हेटौँडा – वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उनका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो ।
झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यसअघि पनि उक्त तुइन काट्न कर्मचारी खटाइएको भए पनि स्थानीयवासीको अवरोधका कारण कर्मचारी फर्किएको र उक्त गलत कार्यको नतिजास्वरुप तुइनबाट एकजना वृद्धाले ज्यान गुमाउन परेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राससलाई बताए । तर अब तत्कालै उक्त तुइन काटिने उनको भनाइ छ ।
उक्त तुइनबाट खसेर मङ्गलबार एक वृद्धाको मृत्यु भएको थियो ।




प्रतिक्रिया