सकेसम्म हात नमिलाउनु र अंकमाल नगर्नुः स्वास्थ्य मन्त्रालय

सकेसम्म हात नमिलाउनु र अंकमाल नगर्नुः स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य मन्त्रालयले लकडाउन अन्त्य भए पनि सामाजिक दूरी कायम राख्न आग्रह गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिकस्थलमा रहँदा वा व्यक्ति भेटघाटमा २ मिटर टाढा बस्न र भेटघाट गर्न परेमा २ मिटर टाढा बस्न आग्रह गरेका छन् ।

‘समय–समयमा साबुनपानीले कम्तिमा २० सेकेन्डसम्म मिचिमिची हात धुनु र स्यानिटाइजरको प्रयोग गर्नु । जथाभावी बाटोमा वा सार्वजनिक स्थानमा नथुक्नु,’ प्रवक्ता गौतमले भने, ‘खोक्दा हाँच्छ्यु गर्दा नाक मुख कुहिनाले वा रुमालले मुख छोप्नु, तुरुन्त साबुनपानीले हात धुनु । सकेसम्म हात नमिलाउनु र अंकमाल नगर्नु ।’