ओली–प्रचण्डबीच आज पनि छलफलः पार्टीभित्रको किचलो समाधान गर्ने प्रयास

ओली–प्रचण्डबीच आज पनि छलफलः पार्टीभित्रको किचलो समाधान गर्ने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज शुक्रबार पनि छलफल भएको छ ।

प्रचण्ड बिहान ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन उनीहरुबीच आज पनि दुई घण्टा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

यही साउन ६ गते केही मिनेट बसेको नेकपाको स्थायी समिति बैठक थप छलफल आवश्यक रहेको भन्दै १३ गते बस्ने गरी स्थगित गरिएको थियो ।

नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबै पदबाट राजीनामा पदनुपर्ने माग गर्दै आइरहेका छन् । भने प्रधानमन्त्री ओलीले आफुले कुनै पनि पदबाट राजीनामा नदिने अडान लिँदै आइरहेका छन् ।