काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सर्बोच्च अदालतको न्यायप्रणाली र न्यायमुर्तिमाथि जनताको बिश्वास गुम्ने खतरा देखापरेको बताएकी छन् ।
सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्चन कोइरालाको जन्म कैदको सजाय उल्ट्याउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको गत असार १५ गतेको इजलासले २० वर्षे फैसला उल्ट्याउँदै ८ वर्ष ६ महिना जेल बससेपछि रिहा गर्न आदेश दिएको थियो ।
कोइराला आफ्नी श्रीमती हत्या आरोपमा जिल्ला अदालतले २०६८ साल माघमा सर्बस्वसहित जन्मकैद सुनाएको थियो । पुनराबेदन अदालतले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेकोमा ८ बर्ष पछि हालै आएर सर्बोच्च अदालतले कोइरालालाई उन्मुक्ति दिएको हो ।
सांसद संग्रौलाले अदालतको यस्तो न्यायप्रणालीले अपराधिहरुको मनोबल बढ्ने बताएकी छन् ।
‘अपराधिहरुको मनोबल बढी समाजमा नै भय र सन्त्रास फैलिदै गएको छ । जिल्ला अदालत र पुनराबेदन अदालतले न्याय दिन नसकेको अबस्थामा सर्बोच्च अदालतले न्याय दिनेछ भन्ने बिश्वास जनतालाई भएको अबस्थामा यसको ठिक बिपरित सर्बोच्च न्यायलयले नै यस्तो फैसला गरि दोषीलाई उन्मुक्ति दिने हो भने अब न्याय खोज्न कहाँ जाने हो ? अब यसको फैसला सार्बभौमसत्तासम्पन्न संसदले गर्ने हो कि ?’, उनले भनिन् ।
त्यस्तै उनले काठमाडौं स्थित सितापाइलामा एक जना युवतीमाथि भएको एसिड प्रहारको घटनाबारे भत्र्सना गरेकी छन् ।
सांसद संग्रौलाले महिलामाथि भएका यस्ता अमानवीय, पाशबिक प्रबृत्ति बारम्बार दोहोरीरहेको बताएकी छन् । उनले हत्या , हिंसा ,बलात्कार आदिका घटनाले सिङ्गो नेपाली समाज नै प्रभावित भएको बताइन् ।उनले यस्ता क्रुर घटना सह्य नहुने चेतावनी दिएकी छन् ।
‘शान्ति सुरक्षा र सुशासन माथि प्रश्न चिन्ह खडाभएको छ । यस्तो दानबीय प्रबृत्तिलाई जो कोहिले पनि सहन गर्न सकिँदैन । दोषी पत्ता लगाइ कडा कारबाही होस् ,पीडितलाई राहत र न्याय दिलाउन सरकार लगायत संबंधित सबैको ध्यान पुगोस्’, उनले भनिन् ।
ओखलढुंगा घर भएकी २२ वर्षीया पबित्रा कार्कीमाथि दही किन्न निस्कदा एसिड प्रहार भएको थियो । हाल उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया