एसिड प्रकरणमा सांसद चौधरी भन्छिन्ः कानुन संशोधन गरेर भएपनि कारबाहीको दायरा बढाऔं

एसिड प्रकरणमा सांसद चौधरी भन्छिन्ः कानुन संशोधन गरेर भएपनि कारबाहीको दायरा बढाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीले मानवता विरोधी अपराधको अन्त्य हुनुपर्ने बताएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद चौधरीले बिहिबार साँझ भएको एसिड आक्रमणको घटनालाई लिएर महिला हिंसाका घटनाले समाज थिलथिलो भएको भन्दै मानबता बिरोधि अपराधको अन्त्य हुनुपर्ने बताएकी हुन् । उनले बिशेष गरि गरिब र अशाहाय महिलाहरु एसिड आक्रमणको सिकार हुने गरेको बताइन् ।

सांसद चौधरीले बिहिबार साँझ एसिड आक्रमणको सिकार भएकी ओखलढुंगाकी पवित्रा कार्कीको शिघ्र स्वास्थय लाभको कामना गर्दै ‘यस्तो क्रुरता कहिलेसम्म सहनु पर्ने नेपाली महिलाहरुले ?’ भन्दै प्रश्नसमेत गरेकी छन् ।

उनले अपराधीलाई कारबाहीको माग गर्दै कानुन संशोधन गरेर भएपनि कारबाहीको दायरा बढाउन माग गरेकी छन् ।