प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीको मुख्यालयमा कार्यरत एक जना हवल्दारसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता डीआईजी नीरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीलाई ज्वरो आएपछि प्रहरी अस्पताल पठाइएको जानकारी दिए ।

‘चार जनामा ज्वरो देखिएपछि प्रहरी अस्पतालमा पठाएका छौं’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले कोरोनाकाे पुष्टि गर्ला ।’