चेपाङ बस्तीमा आगो लगाएको छैन्, मचान मात्रै जलाइएका हुन्: मन्त्री बस्नेत

चेपाङ बस्तीमा आगो लगाएको छैन्, मचान मात्रै जलाइएका हुन्: मन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तीमा आगो नलगाएको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले मकै हेर्न बनाइएका मचान मात्रै जलाइएको बताएका हुन् ।

उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यस ठाउँमा खेती किसानी गर्ने र मकै हेर्न बनाइएका मचान मात्रै जलाइएको बताए । त्यस्तै उनले नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका भनिएका युवाकोबारे पनि छानबिन भइरहेको बताए ।

मन्त्री बस्नेतले बाँकी ८ घरमध्ये एक जनाको गोठ समेत परेको बताए । उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही पनि उनको दावी छ ।

‘जे जति सबै रिपोर्टहरु बाहिर आइराखेका छन्, बाहिर सार्वजनिक कुरा आइराखेका छन्, तिनलाई नै अन्तिम सत्य मान्‍न सकिने अवस्था हामीले हाम्रो अध्ययनबाट हेर्दा त्यो नै अन्तिम सत्य जस्तो देखिँदैन’, उनले भने, ‘समितिले पनि आफ्नो ढंगले त्यसलाई विस्तृतमा अध्ययन गर्न पनि हामी आग्रह गर्दछौं । अहिलेसम्म अन्तिम रिपोर्ट प्राप्त भइसकेको छैन । मन्त्रालयबाट सहसचिवको नेतृत्वमा एउटा अध्ययन टोली त्यहाँ पठाएका पनि छौं । अध्ययन गरिराख्नु भएको छ । हामीले राय मागेका छौं ।’