तराई-मधेश दु्रतमार्ग आयोजना : खाेकना नाकाका स्थानिय  मुआब्जा नबुझी बिराेधमा

तराई-मधेश दु्रतमार्ग आयोजना : खाेकना नाकाका स्थानिय  मुआब्जा नबुझी बिराेधमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली सेनाले निर्माण गरी रहेको काठमाण्डौ—तराई-मधेश दु्रतमार्ग आयोजना अन्तर्गत खोकना ईलाकाको जग्गा अधिग्रहण तथा मुआब्जाका सम्बन्धमा स्थानीय बासिन्दाहरुले मुआब्जा नबुझी विरोधका कार्यक्रमहरु गर्दै  अाएका छन् । जग्गा अधिग्रहणको सूचना अनुसार गरिएको मुल्यांकन अपुग तथा समय सापेक्ष नभएको भन्दै  खोकना ईलाकामा स्थानियहरूले मुआब्जा नबुझी विरोध गरेका थिए ।

रक्षामन्त्री र्इश्वर पाेखरेल र ललितपुरका सांसद पम्फा भुषाल लगायताका  स्थानीय जनप्रतिनिधीहरु, सरोकारवाला र स्थानीय बासिन्दाहरुसँग बुधबार एक छफलफ अायाेजना गरी समस्या समधानका लागि पहल गर्न अाग्रह गरेका छन् ।

 स्थानीय प्रतिनिधीहरुले जग्गाको समयानुकुल उचित मुआब्जा दिन र उक्त ईलाकाको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गर्न आग्रह गर्दै नेपाल सरकारको परियोजनाहरु चक्रपथ, स्मार्ट सिटी, बाग्मती कोरिडोर, १३३ के.भि.ए. प्रशारण लाईन उक्त स्थानमा पर्दा खोकनाको अस्तित्व नै खतरामा पर्ने भन्दै विराेध गरेका थिए ।

ललितपुर क्षेत्र न ३ का सांसद भुषालले आयोजना बन्न सहयोग गर्नु पर्ने तर समय सापेक्ष अनुसार मुआब्जा उपलब्ध गराउन उर्पयुक्त हुने बतार्इन ।

रक्षा मन्त्री  पोखरेलले मुआब्जाको विषयलाई पुनरावोलकन गर्न, सांस्कृतिक सम्पदाहरुलाई बचाउन र स्थानीय जनतालाई विस्थापित हुन नदिनको लागि सबै प्रतिनिधिहरुले उठाउनु भएको समस्याहरुलाई गहन छलफल गरी प्रकृयागत रुपमा निर्णय गर्ने कुरामा ढुक्क हुन उनले स्थानियलार्इ अाश्वसन दिए । प्रधान सेनापति  राजेन्द्र क्षत्री, रक्षा सचिव श्री विष्णु प्रसाद लम्साल, नेपाली सेनाका रथीवृन्दहरु र नेपाली सेनाका सम्बन्धित विभागका अधिकृतहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थिए।