खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपाल समूहका नेताको छुट्टै भेला

खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपाल समूहका नेताको छुट्टै भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको छुट्टै भेला बसेको छ । सोमबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुवै समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका हुन् ।

असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक मंगलबार अर्थात भोलीका लागि बोलाइएको छ । सोही विषयमा एजेण्डा तय गर्न बैठक  बसेको स्रोतले जानकारी दियो ।

असार १८ गतेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि चर्किएको विवाद अझै साम्य हुन सकेको छैन् । प्रधानमन्त्री अ‍ोलीले अध्यक्ष प्रचण्डसँग मिलेर जाने सहमति गरिसकेका छन् ।

उनले असन्तुष्ट समूहका नेतालाई क्याबिनेटमा लैजाने भद्र सहमति गरिसकेको स्रोतले जानकारी दियो । त्यस्तै प्रधानमन्त्रीले बागमती प्रदेश अथवा प्रदेश नम्बर ५ मा माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री बनाउने र केही सल्लाहकार पनि परिवर्तन गर्ने तयारी गरेका छन् ।