काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुसँग भेट गरेका छन् ।
कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै सत्याग्रह सुरु गरेका ‘इनफ इज इनफ’ समूहका युवाहरुलाई भेट्न काठमाण्डुको बसन्तपुर पुगेर कांग्रेसका प्रवक्ता शर्माले कांग्रेसको तर्फबाट ऐक्यवद्धता जनाएका हुन् ।
उनले युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज माग प्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि एकवद्धता जनाएको जानकारी दिए ।
कोभिड–१९ संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गर्दै आइरहेको उनले जानकारी दिए ।
युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया