काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पछिल्ले समय नेकपाभित्रको विवादबारे असन्तुष्टी जनाएका छन् ।
सोमबार मन्त्री पोखरेलले पार्टीको विवादमा अल्झिएर नबस्न र महाधिवेशनको तयारीमा लाग्न सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘केन्द्रीय कमिटीले सर्वसम्मतीले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं ।’
त्यस्तै मन्त्री पोखरेलले राष्ट्रिय अवाश्यकताअनुसार नै पार्टी एकता गरेको भन्दै पार्टी र नेतृत्वलाई व्यवस्थित गर्न महाधिवेशन नै अन्तिम विकल्प भएको बताएका छन् ।
‘राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता गर्यौं । त्यो ऐतिहासिक एकता गर्दा पुरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकिकृत गर्न राष्ट्रिय मन्च अर्थात् महाधिवेशनको तयारीमा लागौं,’ उनले भनेका छन् ।
पछिल्लो समय नेताहरु भागबण्डामा केन्द्रित हुन थालेपछि मन्त्री पोखरेलले पार्टी एकताका बाँकी काममा ध्यान दिन आग्रह गरेका हुन् ।
असार १८ गतेको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा अोलीको राजीनामा माग गरेपछि चर्किएको विवाद अझै साम्य हुन सकेको छैन् । अध्यक्षहरुबीच निरन्तरको छलफल र वार्ताबाट पनि विवाद टुंगोमा पुग्न बाँकी रहेको छ।




प्रतिक्रिया