डीआईजी शाही र कार्की एआईजीमा बढुवा

डीआईजी शाही र कार्की एआईजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका दुई जना डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको बढुवा गरेको हो ।

गृहमन्त्रालयको बढुवा समितिको असार ३१ गते बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको वैठकले शाहीलाई एक नम्बरमा र कार्कीलाई दुई नम्बरमा बढुवा सिफारीस गरेको थियो ।

प्रहरी महानिरीक्षक शैलेन्द्र थापाको अडानकै कारण उनीहरु एआईजीमा बढुवा भएका हुन् ।